Meter Transfer
Apply for meter transfer
A. Documentation Formalities.
Please submit the following documents along with application form.
नागरिकता
लालपुर्जा
राजीनामा
फोटो
B. Information for applying meter transfer.
१. यो नामसारी दरखास्त साथै महसुल बुझाएको बार्षिक कार्ड, महसुल चुक्ता गरेको अन्तिम बिल पेश गर्नु पर्नेछ ।
२. नामसारीका लागिअरुको हक दावीको निबेदन दर्ता गर्दा हुन आएमा सो निर्णय नभएसम्म नामसारी गरिने छैन ।
३. सबै बाँकी महसुल अघिल्लो महिना सम्मको चुक्ता बुझाउनु पर्नेछ ।
४. नामसारी गर्न दुवै पक्ष कार्यालयमा उपस्थित भएमा लगतमा दस्तखत भिडाई नामसारी गरिने छ । तर एक पक्ष मात्र उपस्थित भएमा राष्ट्रिय स्तरको पत्रिकामा ३५ दिनको हकदाबी सम्बन्धी सूचना प्रकाशित गरि उजुरी गर्न नआएमा मात्र नामसारी गरिने छ ।
५. नामसारी गरिने ब्यक्ति / संस्थाको निम्न कागजातको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा आबेदन फारम साथ पेश गर्नुपर्नेछ ।
(क) आवेदकको नागरिकता ।
(ख) साबिक ग्राहकको मन्जुरीमा वा सो पेश गर्न सम्भब नभए उक्त बिधुत लाईनमा हक हुन आएको प्रमाण ।
(ग) नामसारी गरिने ब्यक्ति संस्थाको घर जग्गाको जग्गा धनि प्रमाणपत्र ।
(घ) उद्योग / व्यवसायको हकमा जुन निकायबाट पहिलो इजाजत पत्र प्राप्त गरेको हो सो निकायले साविक नामबाट हालको नाममा नामसारी गरेको प्रमाणपत्र ।
(ङ) मृत्तुदर्ता नाता-प्रमाणित (मृत्तु भै नामसारी गर्नु परेमा) पेश गर्ने ।
Pick up your email from anywhere!
Place your online bid from anywhere !
Consumer Information Platform !